Today's Date:
Wednesday, June 28, 2017 ,   बुधबार, असाढ १४ , २०७४
  
जापानमा तेक्वान्दो खेलाडीहरुलाइ सम्मान
2017-04-28

जापानका लागी नेपालका कार्यबाहक राजदुत कृष्ण चन्द्र अर्यालज्युको प्रमुख अतिथ्यता तथा गैरआवासीय नेपाली संघ केन्द्रिय उपाध्यक्ष भबन भट्टज्युको बिशेष अतिथ्यतामा खेलाडीहरुलाइ सम्मान गरिएको हो । सो कार्यक्रममा जापानमा रहेका बिभिन्न संघसंस्थाहरुले आर्थिक सहयोग सहित सम्मान गरेका थिए ।

 

खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ जापान ५०,००० , गैरआवासीय नेपाली संघ केन्द्रिय उपाध्यक्ष भबन भट्ट ४०,०००, अन्तराष्ट्रिय नेपाली समाज जापान (नयाँ शक्ति)  २०,०००, तमुधि जापान २०,००० कास्की पोखरा समाज १२,०००, ओनोजापान १०,०००, मनाङ्ग सोसाइटी १०,००० ,  गित गजल ३५,००० येन आर्थिक सहयोग गरेका छन ।

 

 जापानको ओसाका भएको १५औ अन्तरास्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालको तर्फ बाट बिबेक श्रेष्ठ, प्रजुंन बिकले स्वर्ण, तिलक लामाले रजक, प्रगति कुइकेलले कास्य पदक प्राप्त प्राप्त गरेका थिए ।


एनसिसि जापान

 

Invest in Nepal